२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अध्यक्ष प्रचण्डले भने : ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’

आइतवार , चैत्र २, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले आफ्नो फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

बमले शनिबार मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डको आलोचना गर्दै कार्यक्रममै फोटो जलाएका थिए ।

उनले कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाएका थिए ।

सोहि कारण मकवानपुर प्रहरीले उनलाई आज विहान पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट