२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ, व्यवसायीले मागे बिजुली कटौती तालिका

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लामो लोडसेडिङ भइरहेको भन्दै उद्योगीहरुले विद्युत कटौती तालिक मागेका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उद्योग संघले आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बिजुली दिन नसके लोडसेडिङ तालिका घोषणा गर्न नेपाल विद्युत प्राधिकरणको ध्यानकर्षण गराएका हुन् ।

उनीहरुले उद्योग सञ्चालनमा समस्या परेको गुनासो गरेका छन् । ‘औद्योगिक क्षेत्रमा सधै लोडसेडिङ भइरहेको छ । तर, विद्युत प्राधिकरण किन लोडसेडिङ छैन भन्छ ? किन लोडसेडिङको सूचना सहितको तालिका दिँदैन ?’ सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारुले प्रश्न गरे ।

विद्युत प्राधिकरणले २०७५ वैशाख ३१ गते सार्वजनिक सूचना प्रकाशित गरी औद्योगिक क्षेत्रमा लोडसेडिङ मुक्त गरेको घोषणा गर्दा उद्योगी लगायत सबै नेपालीहरु अत्यन्तै खुशी भएको स्मरण गर्दै उनले भने ‘त्यसबेला विद्युत प्राधिकरणलाई धन्यवादसमेत दिएका थियौं । तर, अहिले सबै उद्योगी बिजुली नपाएर पीडामा छौं ।’

उद्योगीहरुले विद्युत प्राधिकरणले २०७३ कात्तिकदेखि नै ठूला उद्योगहरुमा लोडसेडिङ गरेर घरमा बिजुली दिएको उनीहरुको भनाई छ । २०७५ साल वैशाखमा औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य भयो भनिए पनि २०७५ सालदेखि नै हरेक पटक उद्योगहरुमा लोडसेडिङ भइरहेको दावी उद्योगीको छ ।

२०७५, २०७६, २०७७, २०७८, २०७९, २०८० र २०८१ सालमा हरेक महिना क्रमश २ घण्टा, ४ घण्टा, ६ घण्टा ७, ८, १० घण्टा लोडसेडिङ हुँदै आएको जिकिर उद्योगीको छ । यही चैतदेखि दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ भइरहेको ठूलो क्षमतामा २४ सै घण्टा विद्युत आवश्यक पर्ने उद्योगहरुलाई विना सूचना बिजुली बन्द गरिएको दावी उद्योगीको छ ।

‘विद्युत प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन, तालिका माग्दा लोडसेडिङ नै छैन भन्ने झुठो र प्रचारबाजीमा लागि रहेको छ’ अध्यक्ष मारुले भने ‘हामी अधिकांश मानिसलाई भ्रम सिर्जना गरेको त्यो गलत र असत्य विषयलाई सत्य हो भनी मानि रहेका छौ, यो गलत हो भन्ने कुरा तथ्य तथ्यांक र प्रमाणले पुष्टि गरेर देखाएको छ । हामी पिडामा छौं । त्यही गलत सूचनालाई गलत तथ्य तथ्यांक र भ्रामक छन भनी जानकारी दिन आज यो संयुक्त पत्रकार सम्मेलन गरिरहेका छौ ।’

सिमेन्ट, स्टिल र धागो लगायतका २४ सै घण्टा विद्युत आवश्यक पर्ने उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको उद्योगीको भनाई छ । लोडसेडिङ अन्त्य भयो भनेपछि पनि हरेक वर्ष पुस माघदेखि जेठको अन्त्यसम्म ६ महिना पुरै लोडसेडिङ गरिएको उनीहरुको भनाई छ । लोडसेडिङले गर्दा उद्योग क्षमताको ३० प्रतिशत पनि सञ्चालन हुन नसकेको उद्योगीको गुनासो छ । लोडसेडिङका कारण उद्योग नोक्सानमा गएको जिकिर उनीहरुले गरेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ