
काठमाडौं । शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको प्रदर्शनमा जनधनको क्षति भएको छ ।
हिंसात्मक रुपमा अघि बढेको प्रदर्शनमा राजावादी समूहले काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।
सो प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने आगजनीबाट एभिन्युज टेलिभिजनका क्यामरा पर्सनको मृत्यु भएको थियो ।
अवस्थालाई नियन्त्रणमा लिन काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्युसमेत जारी गरेको थियो । प्रदर्शनकारीको वितण्डापछि तीनकुने क्षेत्रमा देखिएका केही दृश्यलाई हामीले यहाँ समेटेका छौँ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend