सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

१२ दिन हिरासतमा राख्न दुर्गा प्रसाईंलाई अदालतको अनुमति

१२ दिन हिरासतमा राख्न दुर्गा प्रसाईंलाई अदालतको अनुमति

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिन हिरासतमा राख्न अनुमती दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो। प्रसाईं र खड्कालाई शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं ल्याएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend