काठमाडौं । नेपाली संगीत क्षेत्रमा फेरि एउटा मन छुने प्रेम गीत सार्वजनिक भएको छ। G MEDIA CONNECTION यूट्युब च्यानलमार्फत हिजो मात्र रिलिज भएको ‘तिम्रो स्पर्शले’ शीर्षकको गीतले दर्शकहरूमा रोमाञ्चकता थपेको छ।
यो हावा चंचल हुन्छ– तिम्रो स्पर्शले,
यो पानी कंचन हुन्छ– तिम्रो स्पर्शले
यी पंक्तिहरूले गीतको भावनात्मक गहिराइलाई उजागर गरेको छ।
यस गीतमा पुरुषोत्तम बस्नेतले शब्द दिएका छन्, नारायण थापाले संगीत भरेका छन् भने पुष्कर सुनुवार एरेन्जमा छन् । त्यसैगरी बिप्लव अधिकारीले मिक्सिङ र मास्टरिङको जिम्मा सम्हालेका छन्। नारायण थापा र बेनिशा पौडेलको सुमधुर आवाजमा सजिएको यस गीतमा प्रतीक्षा काफ्ले र राज टाइगरको अभिनय देख्न पाइन्छ। भिडियोको सम्पादन राकेश दाहाल, पोष्ट प्रोडक्शन सुर्य वली र निर्देशनमा प्रकाश धिताल रहेका छन्।
गीत रिलिज भएको छोटो समयमै दर्शकहरूबाट अत्यधिक माया बटुल्दैछ। विशेषगरी गीतको लय, भावनात्मक प्रस्तुति र भिडियोको सिनेमाटिक शैलीले सबैलाई मन्त्रमुग्ध बनाइरहेको छ।
[embed]https://youtu.be/QVXcdqkCBpo[/embed]
प्रतिक्रिया दिनुहोस