बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

रवि लामिछानेको मुद्धामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

रवि लामिछानेको मुद्धामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।

लामिछानेले गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएका थिए । उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो ।

सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतले दिएको आदेशविरुद्ध लामिछाने निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend