मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

वडाध्यक्ष विजय धामीको ‘कै सम्झी हाँस्नु हो’ देउडा गीत सार्वजनिक

वडाध्यक्ष विजय धामीको ‘कै सम्झी हाँस्नु हो’ देउडा गीत सार्वजनिक

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामीको स्वर रहेको नयाँ लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युबमार्फत अडियोका रुपमा सार्वजनिक गरिएको हो ।

गायक धामीकै स्वर रहेको यस गीतमा शब्द भने उनका दिवंगत दाइ सत्यराम धामीले लेखेका हुन् । गीतको रेकर्डिङ किशोरकुमार भण्डारीले गरेका हुन् ।

वडाध्यक्षसमेत रहेका धामीले यसअघि पनि सांस्कृतिक क्षेत्रमा सक्रियता देखाउँदै आएका छन् । साथै उक्त गीतको भिडियो चाँडै नै सार्वजनिक गरिने पनि गायक धामीले बताएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend