
काठमाडौँ : गायक तथा परफर्मर दुर्गेश थापाले काठमाडौंमा पहिलो पटक कन्सर्ट गर्ने भएका छन् । बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ को अवसर पारेर दुर्गेश थापाले बौद्धस्थित ह्यात होटलको ग्राउन्डमा ग्रान्ड कन्सर्ट गर्न लागेका हुन् । देश तथा विदेशमा हुने विभिन्न मेला तथा महोत्सवमा सबैभन्दा बढी रुचाइएका थापाले काठमाडौंका दर्शकका लागि पहिलो पटक भव्य कन्सर्ट गर्न लागेका हुन् ।
ट्राइएङल इन्क र अल थ्री मिडिया घरको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको कन्सर्टका लागि टिकट बुकिङ सुरु गरिसकेको छ । कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिनेछ । दर्शकहरूले फ्यानपिट, सिल्भर तथा गोल्ड टिकटहरू खरिद् गर्न सक्ने छन् ।
स्टेजमा गएर दर्शकहरुलाई आफू सँगसँगै नचाउन सक्ने खुबीकै कारण उनी दर्शकमाझ बढी लोकप्रिय छन् । हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’बाट लोकप्रियता कमाएका उनले यसअघि पनि कैयौं चर्चित गीतहरु गाइसकेका छन् । हामी पनि नाच्नुपर्छ बीचबीचमा, बमबम भोलेभोले, रातोरातो खुर्सानी पिरोछ, कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा जस्ता गीतहरु युवापुस्ता माझ लोकप्रिय छन् ।
१५ हजार भन्दा बढि दर्शकका बीच ह्यात ग्राउन्डमा हुन गइरहेको भव्य कन्सर्टमा थापाले आफ्नो अत्यन्तै चर्चित गीतहरु प्रस्तुत गर्नेछन् र साथै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरुको पनि मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend