शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता, सोमबार पेशि

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता, सोमबार पेशि

काठमाडौं । कानुनी विपरित थुनामा राखिएको भन्दै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।

लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।

गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गनुपर्ने प्रावधान रहने गरेको छ । थुनामा पठाउनेगरी यस अघि उच्च अदालतले दिएको आदेश विरुद्ध उनले अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । उक्त निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend