२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग

आइतवार , बैशाख ७, २०८२

धनुषा । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ।

आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताए। उनले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको बताए।

विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । उनले यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गरे।

उनले भने, ‘हामीहरु नेपाल सरकारलाई यहाँको जिल्ला प्रशासन कार्यालय धनुषामा गएर एउटा ज्ञापन पत्र चढाएर प्रधानमन्त्रीज्यूलाई, गृहमन्त्रीज्युलाई, विदेशमन्त्रीज्युलाई, पर्यटन तथा संस्कृति मन्त्रीज्युलाई संघीय सरकारमा ज्ञापनपत्रमार्फत निवेदन चढाउँछु । र जनकपुरधामबासी जतिपनि हाम्रो सनातनीलगायतलाई के आग्रह गर्दछु भने हाम्रो देशलाई परिचित गराउने विश्व सम्पदाको पर्व सीताको जन्मस्थल जनकपुरधामबाट यो पर्व मनाउँदै आएको हुनाले यो राष्ट्रिय पर्वमा स्थापित हुनलाई तपाईं हामी सम्पूर्ण मिलेर जोडदार माग गर्दै राष्ट्रिय पर्व होस् र त्यो दिन संघीय सरकारमा बिदा होस् भन्नलाई म यो सम्पूर्ण साधु समाज र जनकपुरधामको तर्फबाट संघीय सरकारमा हामी जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट