२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शान्तिश्री र शिवमको आवाज रहेको ‘राख मनैमा’को म्युजिक भिडियो छायाङ्कन सम्पन्न

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । चर्चित गायिका शान्तिश्री परियार र गायक शिवम् भण्डारीको आवाज रहेको नयाँ लोक आधुनिक गीत ‘राख मनैमा’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। निर्माण टोलीका अनुसार भिडियोलाई केही दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

ललितपुरको रमणीय लेले क्षेत्रका विभिन्न स्थलहरूमा छायांकन गरिएको म्युजिक भिडियोमा मोडल तथा कलाकार दिवस नाथ र जुना विश्वकर्माको अभिनय रहेको छ । साथमा डेढ दर्जनभन्दा बढी कोरस कलाकारहरूको सहभागिता रहेको छ, जसले गीतलाई थप जीवन्त बनाएको निर्माण पक्षको भनाइ छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् ।

दिवस नाथ र शिवम् भण्डारीले संयुक्त रूपमा लेखेको गीतमा गीतमा लय शिवम् भण्डारी नै दिएका छन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् । गीतको म्युजिक भिडियो चाँडै मोडल ”दिवस नाथ” नामको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ