२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा एक लाख राशीको 'एसईई डान्स च्याम्पियनसिप–२०२५' हुने

शनिवार , बैशाख १३, २०८२

काठमाडौं — मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा आयोजित, एक लाख रुपैयाँ राशीको 'एसईई डान्स च्याम्पियनसिप–२०२५' को छैटौं संस्करण हुन लागेको छ।

एसईई परीक्षा सकेर बसेका विद्यार्थीहरूका लागि विगत पाँच वर्षदेखि निरन्तर आयोजित हुँदै आएको यो राष्ट्रियस्तरको नृत्य प्रतियोगिता बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा सम्पन्न हुँदैछ। काठमाडौँ अडिसन जेठ ३ मनास्लु वर्ल्ड कलेजमा हुने छ अन्य अडिसन बिभिन्न ठाउँमा हुँदैछन।  ग्राण्ड फिनाले भने आगामी असार ७ गते काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई पचास हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, उत्कृष्ट २० जना फाइनलिस्टले ट्रफी, प्रमाणपत्र, आकर्षक गिफ्टहरू र +२ तहसम्मको पूर्ण छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन्।

कार्यक्रमको  प्रायोजक रहेको मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामाले बिधार्थी भाई बहिनीमा रहेको प्यासनलाई प्रोफेसनमा बदल्ने महत्वपूर्ण अवसर रहेको बताए।  उनले भने 'तीन महिना भित्रमा गुमनामबाट सेलीब्रेटी हुने अवसर हो।  उत्कृष्टलाई नाम र दाम सबै हुन्छ ।

बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीका अनुसार, अघिल्ला पाँच संस्करणमार्फत हालसम्म १३६ जना विद्यार्थीले प्रतिष्ठित कलेजहरूसँगको सहकार्यमा छात्रवृत्तिको सुविधा पाइसकेका छन्।

यसपटकको संस्करण विगतका भव्य कार्यक्रमहरूको निरन्तरताका रूपमा आयोजना हुँदैछ, जसको उद्देश्य हो—देशभरिका विद्यार्थीहरूको नृत्य प्रतिभाको पहिचान, प्रोत्साहन, र छात्रवृत्तिको माध्यमबाट अवसर प्रदान गर्नु। साथै, नृत्यलाई केवल मनोरञ्जन होइन, सांस्कृतिक, शैक्षिक र व्यावसायिक दृष्टिकोणबाट स्थापित गर्नेसमेत लक्ष्य लिइएको छ।

कार्यक्रममा मनास्लु वर्ल्ड कलेज मुख्य प्रायोजकको रूपमा रहेको छ भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानसँग सहकार्य गरिएको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा प्रेम श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन, शान्ति कठायत र रवी पटेल रहेका छन्। मूल्यांकनमा ८०% निर्णायकहरूको निर्णय र २०% भोटिङलाई आधार बनाइनेछ। प्रतियोगिता प्रि-अडिसन, सेमिफाइनल, फाइनल र डिजिटल अडिसन चरणमार्फत सम्पन्न हुने जानकारी कार्यक्रम निर्देशक सरोज गोदारले दिएका छन्।

यस संस्करणबाट सुरु गरिएको अर्को विशेष पहल हो — "कोरियोग्राफर सम्मान" कार्यक्रम। पर्दा पछाडिबाट नृत्यलाई जीवन्त बनाउने प्रेरक शक्तिका रूपमा रहेका कोरियोग्राफरहरूलाई सम्मान गर्ने उद्देश्यले यो विशेष सम्मान सुरु गरिएको हो। नगरदेखि राष्ट्रियस्तरसम्मका उत्कृष्ट कोरियोग्राफरहरू, चलचित्र तथा म्युजिक भिडियोमा योगदान गरेका, र अन्तर्राष्ट्रिय स्तरमा नेपाली नृत्य चिनाएका मध्येबाट उत्कृष्ट कोरियोग्राफरलाई सम्मान गरिनेछ।

कार्यक्रमका परिकल्पनाकार तथा अध्यक्ष महेश गोदारका अनुसार, एसईई डान्स च्याम्पियनसिप केवल प्रतियोगिता मात्र नभई, नेपाली नृत्य क्षेत्रमा एक प्रेरणादायी अभियानका रूपमा अगाडि बढ्दैछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ