२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ अब हिन्दी भर्सनमा पनि

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । गायक सुशान्त केसीको चर्चित गीत 'बार्दली' हिन्दी भाषामा पनि सार्वजनिक भएको छ ।

भारतीय संगीत उत्पादन कम्पनी ‘टि-सिरिज’ले ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको हो । 'टि-सिरिज'ले सोमबार आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो ।

बार्दलीको हिन्दी संस्करणको गीतमा नाम ‘उफ’ राखिएको छ। गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्कालाई समेटिएको छ। भिडियोको सेटिङ एउटै भएपनि नेपालीमा देखिएका अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन ।

हिन्दी भर्सनमा इन्द्रकला राईको नेपाली गीतलाई भने जस्ताको तस्तै राखिएको छ। गीतको नेपाली संस्करण युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो ।

'टि-सिरिज' नेपाली संगीतकर्मीसँगको यो सहकार्य पहिलो भने होइन । यसअघि पनि टि सिरिजले केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ