काठमाडौं । प्रतिनिधिसभा सांसद् ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा देशको राजस्व बढाउने र देशको व्यवसायीहरुलाई बढाउने नीतिहरु नआएको भन्दै गुनासो गरेका छन् ।
डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ ले आज आयोजना गरेको प्यानल डिस्कसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नीति तथा कार्यक्रमको छलफल आज सकियो । त्यो नीति तथा कार्यक्रममा देशको राजस्व बढाउने र देशको व्यवसायीहरुलाई बढाउने नीतिहरु आएनन् । तर, व्यवसायिहरुले राम्रो आयो भन्नुपर्ने बाध्यता पनि छ, त्यो कुरा पनि हामीलाई थाहा छ । त्यो भन्दिनु पर्छ, बाध्यता छ । ’
उनले उद्योगी व्यवसायीहरुलाई नेपालको संविधान पल्टाएर हेर्न पनि आग्रह गरे । व्यवसायीहरुले लगानी सुरक्षित भएन भनेर गर्ने गरेको गुनासोमा नेपालको संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र लेखिएको जवाफ दिए । उनले भने, ‘लगानी कसरी सुरक्षित हुन्छ । नेपालको संविधानको धारामै लेखिएको छ, समाजवाद उन्मुख अर्थतन्त्र । यसको ठेट नेपाली भनेको प्राईभेट लगानी हुँदैन, सबै लगानी राज्यको हुन्छ भनेको हो । यसरी विदेशी कम्पनी आउँछ ?’ जहाँ लगानी सुरक्षित हुँदैन त्यस्ता देशमा कुनै पनि बाह्य लगानी नआउने उनले स्पष्ट पारे ।
उनले डिम्यानको प्रगतिको कामना समेत गरे ।
प्रतिक्रिया दिनुहोस