काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ ले आज आयोजना गरेको प्यानल डिस्कसन कार्यक्रमको 'उद्योगीमा ऊर्जा, अर्थतन्त्रमा आशा' सेसनलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई हेर्ने जुन दृष्टिकोण छ, त्यो पहिलो नम्बरमा परिवर्तन हुनुपर्ने बताएका हुन् ।
लगानीका लागि देश भित्र होस् या बाहिरका नै किन नहोस् दुवैले हेर्ने भनेको नीतिगत स्थायित्व भएको बताउँदै राजनीतिक परिवर्तनले भन्दा पनि नीतिगत स्थिरता लगानीमा फरक पार्ने उनको धारणा छ । नीतिगत स्थिरता भयो भने घरेलु रुपमा पनि ठूलो पुँजी परिचालन गर्न सकिने विश्वास अध्यक्ष ढकालले व्यक्त गरे ।
उनले जबसम्म कानून अनुसारको स्प्रिटमा जान सकिँदैन तबसम्म कानून राम्रो भएपनि रिजल्ट आउन नसक्ने बताउँदै राष्ट्रिय अर्थतन्त्रसहित सबै क्षेत्रमा योगदानका लागि निजी क्षेत्र 'कि ड्राईभर' भएको बताए ।
निजी क्षेत्रका लागि आत्मविश्वासको खाँचो रहेको औँल्याउँदै यसमा सम्बन्धित सबैको ध्यानाकर्षण हुनुपर्ने पनि अध्यक्ष ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस