२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री कप भलिबलको ‘स्ट्रेन्थ पार्टनर’ मा शिवम् सिमेन्ट

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नेपालमा भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला, राष्ट्रिय खेलको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएको शिवम् सिमेन्ट लिमिटेड आगामी प्रधानमन्त्री कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा “स्ट्रेन्थ पार्टनर” को रूपमा सहभागी हुने भएको छ।

नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरास्थित कभर्ड हलमा आयोजना हुने यस प्रतियोगितामा ६ महिला र ८ पुरुष टिम, गरी १४ टिमहरू प्रतिस्पर्धामा उत्रिने छन्। संघका अनुसार हरेक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।

शिवम् सिमेन्ट र नेपाल भलिबल संघबीच सहकार्यको सम्झौता हालै काठमाडौंमा सम्पन्न एक औपचारिक कार्यक्रममा सम्पन्न भएको हो। सम्झौतामा संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष निखिल अग्रवालले हस्ताक्षर गरेका थिए।

शिवम् सिमेन्टले यसअघि पनि विभिन्न राष्ट्रिय तथा स्थानीय भलिबल प्रतियोगिताहरूमा सहकार्य गर्दै आइरहेको छ। यसमा शेरबहादुर स्मृति महिला कपको प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, र एभरेष्ट भलिबल लिगमा कर्णाली यशविस टिमको साथ प्रमुख उदाहरण हुन्।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको जनाएको छ। कम्पनीले भलिबल मात्र होइन, क्रिकेट, फुटबल, म्याराथन जस्ता लोकप्रिय खेलहरूमा पनि विगतदेखि निरन्तर सक्रिय सहभागिता जनाउँदै आएको छ।

शिवम् सिमेन्टका अनुसार, आगामी दिनहरूमा पनि नेपाली खेलकुदलाई सशक्त बनाउन यस्ता कार्यक्रमहरूसँग सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट