२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सुपर-३ मा प्रवेश

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी २० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर ३ मा प्रवेश गरेको हो ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५–५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा सुपर ३ मा प्रवेश गरेको हो ।

नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो । त्यस्तै, हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।

प्रतियोगितामा तीन समूहमा रहेका ३–३ टोलीबाट शीर्ष टोली सुपर ३ मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट