logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड- नेपाल समूहको स्थायी समिति बैठक सर्‍यो, खुमलटारमा पूर्वमाओवादी नेताहरु भेला

    प्रचण्ड- नेपाल समूहको स्थायी समिति बैठक सर्‍यो, खुमलटारमा पूर्वमाओवादी नेताहरु भेला

    2.7K
    Shares

    काठमाडौं।  विहान ११ बजे भनिएको प्रचण्ड- नेपाल समूहको स्थायी समिति बैठक दिउँसो ३ बजेका लागि सरेको छ।

    सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि आफ्नो समूहको आघिकारिक धारणा बनाउन स्थायी समिति बैठक बस्ने बताएको उक्त समूहले बैठक  दिउँसो ३ बजेका लागि सारेको हो। 

    स्थायी समिति बैठक बस्नुपूर्व उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा तत्कालिन माओवादी केन्द्रका नेताहरुबीच छलफल भइरहेको छ। नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिने सर्वोच्चको फैसलापछि अब कसरि अगाडी बढ्ने भन्ने रणनीति बनाउन माओवादीका नेताहरुबीच छलफल भइरहेको नेता चक्रपाणी खनालले जानकारी दिए। 

    माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादी केन्द्र ब्यूँताइदिने सर्वोच्च अदालतको फैसला आइसकेको र यसको आशय बुझिसकिएकोले  पुनरावलोकनका लागि जानुभन्दा फैसला स्वीकार गरेर त्यहीअनुसार अगाडी बढ्नुको विकल्प नभएको बताइसकेका छन्। 

    शर्माले माओवादी केन्द्रको तर्फबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता हुने बताएका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend