काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले आइतबार तस्करीको सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुन बरामद गरेर भन्सारमा पठाइएको छ भने उक्त सुनको मात्रा यकिन गर्न बाँकी छ ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढेको छ ।
एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको हो । बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा उक्त सुन बरामद भएको हो । चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस