२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सर्वोच्च अदालतद्वारा इच्छाराज तामाङलाई थुनामा राख्ने आदेश सदर

आइतवार , जेठ ५, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका तामाङको कसुर सर्वोच्च अदालतबाट पनि सदर भएको हो ।

न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको शुक्रबारको इजलासले उक्त आदेश सदर गरेको हो ।

आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

विशेष अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट