काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गतको खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनायो ।
नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।
प्रतिक्रिया दिनुहोस