२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

युएईलाई हराउँदै नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा

सोमवार , जेठ ६, २०८२

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट पार गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुग्न सफल भएको छ । नेपालले युएईलाई ५ विकेटले हराएको हो ।

आज बिहान भएको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ ।

यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । निर्धारित लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट