काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएका हुन् ।
गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
गभर्नर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । जसमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस