२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

९९ मै अनलिमिटेड अल नेपाल कल गर्ने मिल्ने गरी एनसेलले ल्यायो साप्ताहिक प्याक

मंगलवार , जेठ ७, २०८२

काठमाडौं, ज्येष्ठ ६ – बढ्दो डिजिटल जीवनशैली र सुलभ सञ्चार सेवाको मागलाई सम्बोधन गर्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीन नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सार्वजनिक गरेको छ। आजदेखि लागू हुने यी प्याकहरू विशेषगरी डेटा, भ्वाइस र एसएमएस सेवाहरु बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा  ल्याएको एनसेलले जनाएको छ  ।

यी प्याकहरूमध्ये सबैभन्दा आकर्षक योजना हो — रु ९९ मा अनलिमिटेड अल नेपाल भ्वाइस कल। यसअन्तर्गत एनसेल र नेपाल टेलिकमका नम्बरहरूमा सात दिनसम्म अनलिमिटेड कल गर्न सकिनेछ।

त्यसैगरी, “सधैं अन प्याक” नाम दिइएको अर्को रु ९९ को प्याकमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ एसएमएस पनि समावेश गरिएको छ। यस्ता प्याकहरू खासगरी विविध सेवा उपयोग गर्ने प्रयोगकर्ताका लागि लक्षित छन्।

डेटा मात्र चाहने प्रयोगकर्ताहरूका लागि पनि एनसेलले छुट्टै व्यवस्था गरेको छ — रु १५० मा १० जीबी हाई-स्पीड डेटा, जुन एक हप्ता प्रयोग गर्न सकिन्छ।

यी सबै प्याकहरू साप्ताहिक रुपमा स्वतः रिन्यू हुने छन्, जसले प्रयोगकर्तालाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट छुटकारा पाउने छन् ।

एनसेलका अनुसार, १२३९# डायल गरेर, एनसेल एप प्रयोग गरेर वा आधिकारिक खुद्रा विक्रेतामार्फत यी प्याकहरू सजिलै खरिद गर्न सकिन्छ।

“ग्राहकले आफ्नो आवश्यकतानुसार सेवा रोज्न पाउने र सहज तरिकाले निरन्तर सेवा पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो।” रिन्यूअलका  समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट