शुक्रवार , जेठ १०, २०८२
Shares
Shares
कोपनहेगन, डेनमार्क । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौं युरोपीयन क्षेत्रीय कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
यहि मे महिनाको १६ र १७ तारिकका दिन इनास युरोप क्षेत्रीय समिति र राष्ट्रिय समिति डेनमार्कको संयूक्त आयोजनामा कोपनहेगनमा सम्पन्न भएको हाे । दुई दिने कार्यक्रमको पहिलो दिन दशौं युरोपीयन भेला सम्पन्न भएको थियो।
युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षता र ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्यमा सम्पन्न उक्त भेलामा इनासका संरक्षक, कार्य समितिका पदाधिकारीहरु, सल्लाहकारहरु, युरोपका विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरू र डेनमार्कस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।

इनासद्वारा संचालन गरिने यस्ता वृहत सांस्कृतिक कार्यक्रमहरुले युरोपभर छरिएका नेपाली कलाकारहरूलाई एक ठाउँमा ल्याउन र नेपालको कला भाषा साहित्यलाई प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलतामा शुभकामना व्यक्त गरे। यस क्षेत्रीय भेलामा युरोप स्थित राष्ट्रिय समितिहरुले आफ्नो राष्ट्रिय समितिले गरेको कार्य सम्पादन विवरण र संस्थागत रुपमा गरिने भावी कार्ययोजना पेश गरेका थिए।
दोस्रो दिन: गायन तथा नृत्य प्रतियोगितामा उत्साहजनक सहभागिता
कार्यक्रमको दोश्रो दिन सम्पन्न युरोप महादेशस्तरीय नृत्य र गायन प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रममा यूरोपभरिबाट प्रतियोगी कलाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो।
आयोजक राष्ट्र इनास डेनमार्कका अध्यक्ष सुदिपबाबु श्रेष्ठको अध्यक्षता तथा डेनमार्कका लागि नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डेनमार्कस्थित हेर्लेभ कोम्युनका मेयर मार्को डाम्सगार्ड र थ्रीएफ नेसनल पोलिसी एडभाइजर एन्थोनी सिलभेस्टर, इनास ग्लोबलका प्रमूख संरक्षक कमला दाहाल, उपाध्यक्ष द्वय मित्रलाल पार्दे, अर्जुन काफ्ले, सल्लाहकार दिपक सापकोटा, मदन दाहाल लगायतका पदाधिकारीहरुको विशेष अतिथिको रुपमा उपस्थिति जनाएका थिए भने युरोप र युरोप बाहिरका महादेशहरुबाट कलाकार, साहित्यकार, नेपाली भाषा, कला, साहित्य र संस्कृतिप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै राजदूत सुम्निमा तुलाधरले नेपाली कला, भाषा, साहित्य र संस्कृति आफैमा एक उत्कृष्ट राष्ट्रिय पहिचान भएको र यसको प्रवर्द्धनमा इनासले पुर्याउदै आएको महत्वपूर्ण भूमिकाप्रति खुसि व्यक्त गर्दै यस प्रकारका कार्यक्रमहरुमा राजदूतावासको सधै साथ र सहयोग रहने बिचार व्यक्त गरिन्।
त्यस्तै आफ्नो संस्कृति जगेर्ना गर्न नेपाली समूदाय सधै अग्रसर रहेको आफूहरुले देखेको विचार व्यक्त गर्दै यस किसिमका कामहरुमा नेपालीहरु एक भएको देख्दा आफूलाई खुसी लाग्ने गरेको हेर्लेभ कोम्युनका मेयर मार्को डाम्सगार्ड र राष्ट्रिय नीति सल्लाहकार एन्थोनी सिलभेस्टरले बताए। मन्तव्यकै क्रममा उनीहरुले आफूहरु सधै नेपाली समूदायको साथमा रहेको जानकारी पनि दिए।
यसपटक को नृत्य प्रतियोगिताको उपाधि डेनमार्ककी झरना सुनाले जितेकी छन्, भने बेल्जियमकी आरोही शर्मा र फ्रान्सकी रोशिना अधिकारीले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे। पार्वती अधिकारी, जगत खड्का र रजीना नापित सहितको निर्णायक मण्डलबाट प्राप्त निर्णय अनुसार चौथो स्थान हासिल गरेकी जर्मनीकी त्रिस्ता कार्की ढोलीले स्व. सन्तकुमार थापा मगर स्मृति ट्रफी सहित विशेष पुरस्कार जितेकी छन्।

त्यस्तै गायन तर्फको उपाधि डेन्मार्कका आशिष श्रेष्ठले हात पारे। नलिना चित्रकार, कन्हैया सिंह परियार, सन्देश बोम्जन लामा सहितिको निर्णायक मण्डल रहेको उक्त गायन प्रतियोगितामा फ्रान्सकी अन्जली बराइली र डेनमार्ककी स्वरुपा केसीले क्रमश: दोश्रो र तेस्रो स्थान हाँसिल गरे ।
प्रतियोगितामा दुवै विधातर्फका विजयीले इनास युरोपको एक वर्षका लागि गुडविल एम्बास्डर तथा ८ सय युरो नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो र तेस्रो हुनेले ५ सय र ३ सय युरो तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यसम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिदै आएको उत्कृष्ठ राष्ट्रिय समितिको उपाधि यस वर्ष राष्ट्रिय समिति जर्मनीले प्राप्त गरेको छ।
कार्यक्रममा पञ्चेबाजा, लाखे नृत्य, झाँकी, तथा इनासका पूर्वविजेता र अतिथि कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो, जसले कार्यक्रममा थप रङ भरेको थियो।

अत्यन्तै सौहार्द्ध, व्यवस्थित र गरिमामय रुपमा सम्पन्न भएकोमा इनास युरोप, आयोजक राष्ट्रिय समिति डेनमार्क र ग्लोबल समितिले खुसी व्यक्त गर्दै कार्यक्रमलाई भएका र प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
धेरै संघसंस्थाहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त भएको र कार्यक्रममा उपस्थिति पनि उल्लेख्य भएको प्रति खुसी व्यक्त गर्दै आयोजक राष्ट्रिय समितिका अध्यक्ष सुदिप बाबु श्रेष्ठ, युरोप समितिका संयोजक प्रकाश तिवारी तथा सहसंयोजकहरू सुनिल गुरुङ, श्याम श्रेष्ठ र ग्लोबल समितिका तर्फबाट कार्यक्रम संयोजन गर्ने जिम्मेवारी तोकिएका ग्लोबल महाससचिव राजमान तामाङ्गले संयुक्त रुपमा उपस्थित कलाकार, निर्णायक, संघसंस्थाका प्रतिनिधि, पुरस्कार लगायतका अन्य कार्यहरुमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका हुन्।
इनास युरोपको एघारौं क्षेत्रीय बैठक आगामी वर्ष बेल्जियममा हुने गरि राष्ट्रिय समिति बेल्जियमलाई कार्यक्रम गर्ने अधिकार प्रदान गरिएको जानकारी उनीहरुले गराएका छन्।

Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस