काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन मूल्य बढेको छ । तोलाको १ हजार ४ सयले सुनको मूल्य बढेको हो ।
शुक्रबार एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबारको दिन १४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य कायम हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस