२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कोशी प्रदेश स्किल आईकन छनौट गर्दै सीप उत्सव २०८२ सम्पन्न

सोमवार , जेठ १३, २०८२

विराटनगर । कोशी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सीप उत्सव २०८२ कोशी प्रदेश स्किल आईकनको छनौट गर्दै सम्पन्न भएको छ ।

उद्योगको माग अनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारी खोजीमा रहेका युवाबीच सम्वाद र समन्वयको प्रयास गरिएको यस उत्सवमा अटोमोवाईल्स, सूचना प्रविधि र होटल म्यानेजमेन्ट गरी ३ विद्यामा सीप प्रतिष्पर्धा गराईएको थियो ।

सीप उत्सव २०८२ उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा आयोजना भएको हो ।

प्रतिष्पर्धामा मनमोहन स्मृति पोलिटेक्निक हातिमुडा मोरङका चन्द्रदेव यादव अटोमोवाईल विद्यामा, नर वहादुर कर्माचार्य वहुप्राविधिक विद्यालय सुनसरी ईटहरीका विवश कोईराला होटल म्यानेजमेन्ट विद्यामा र पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान दमक झापाकी सोनम नेम्वाङ सूचना प्रविधि विद्यामा विजेता भई कोशी प्रदेश स्किल आइकन हुन सफल भए । तिनैजना विजेतालाई संगठनका अध्यक्ष राकेश सुराना र ईन्स्योर हेल्भेटासका टिम लिडर रविन्द्र वहादुर सिंहले नगद र प्रमाण पत्र प्रदान गरेका थिए ।

No description available.

उत्सवको पहिलो दिन पूर्व वाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा ६ सय भन्दा वढी युवालाई प्रत्यक्ष तालिमको अनुभव गराई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी सोही दिन उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा १२ सय भन्दा वढी विधार्थी तथा युवाहरुलाई विभिन्न सत्रहरूको माध्यमबाट प्रेरणा, वृति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्राविधिक जनशक्तिको परनिर्भरता कम गर्नका साथै स्वदेश मै दक्ष जनशक्ति उत्पादनको प्रचुर सम्भावना रहेको सन्देश प्रवाह गर्न सीप उत्सव सफल भएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रको चासो र चिन्ता रहेको व्यक्त गर्दै संगठनको अग्रसरतामा भएको सीप उत्सवले दक्षता र अनुभव साटासाटको वातावरण तयार पारी प्रशिक्षार्थी, विद्यालय र उद्योग बीचको सहकार्यलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे ।

No description available.

ईन्स्योर हेल्भेटासका टिम लिडर रबिन्द्र वहादुर सिंहलेप्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेट अप्रेन्टिसीप कार्यक्रमप्रति आकर्षण वढाई रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्न आगामी दिनमा इन्स्योर हेल्भेटासले अन्य प्रदेशहरुमा पनि सीप उत्सव आयोजना गरी केन्द्रिय स्तरमा अन्तिम प्रतिष्पर्धा गराई स्किल आईकन छनौट गर्ने बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीप उत्सव २०८२ युवाका लागि अवसर र सम्भावनाको साझा चौतारी भएको वताउदै दक्ष जनशक्ति उत्पादनमा सरकार, नीजि क्षेत्र र तालिम प्रदायक संस्थाहरु वीच हातेमालोको आवश्यकतारहेको औल्याए ।

No description available.

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय,प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल कोशी प्रदेश, नेपाल अटोमोवाईल डिलर्स एशोसिएसनको सहयोगमा नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृति परामर्श करियर काउन्सेलिंग र अनुभव साटासाट गर्ने अभिप्रायका साथ दुई दिने सीप उत्सव २०८२ आयोजना गरिएको आयोजकले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट