२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडी बढाउने लगानी बोर्डको निर्णय

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । निजी क्षेत्रले प्रस्ताव गरेको एक हजार मेगावाटको सौर्य ऊर्जासँग सम्बन्धित आयोजनालाई स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

उनले ब्याट्री इनर्जी स्टोरेज प्रोजेक्टले पिक लोडको अवस्थामा ऊर्जाको प्राप्त नहुने समस्यालाई समाधान गर्ने विश्वास लिइएको बताए । उनले समुन्द्र भित्र रहने कोबाल्ट लगायत रेयर अर्थ मेट्रियल्सहरुमा नेपाल राख्ने अधिकारलाई लिनको लागि अध्ययन गर्ने सहितको प्रश्तावित प्रस्तावलाई स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय भएको समेत बताए ।

उनले पाँचखालमा विशेष आर्थिक क्षेत्र विकास गर्ने सम्बन्धित प्रस्तावित परियोजनालाई अगाडी बढाउन उक्त प्रस्तावलाई अध्ययन गरेर स्वीस च्यालेन्जको माध्यममा प्रतिस्पर्धा गराइ अगाडी बढाउने निर्णय भएको उनले बताए ।

उनले भने, “सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको निम्ति करिब एक हजार मेगावाटको निजी क्षेत्रले प्रस्ताव गरेको थियो । ब्याट्री इनर्जी ई स्टोरेज प्रोजेक्ट, जसले गर्दा पिक लोडको अवस्थामा हाम्रो ऊर्जाको प्राप्त नहुने जुन खालको अवस्था थियो त्यो कुरालाई समाधान गर्ने गरी प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको छ । त्यस्तै, नेपालको डीप सीमा हुने अधिकारहरूलाई प्रयोग गरेर त्यसमा गहिरो समुन्द्र भित्र रहने कोबाल्ट लगायत रेयर अर्थ मेट्रियल्सहरुको अधिकार जुन नेपालले राख्दछ, त्यो अधिकारलाई लिनको लागि अध्ययन गर्ने सहितको जुन प्रस्ताव हामीलाई प्राप्त भएको थियो, त्यो प्रस्तावलाई स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ । पाँचखालमा विशेष आर्थिक क्षेत्र विकास गर्ने सम्बन्धित एउटा परियोजना प्रस्ताव भएको थियो, त्यो प्रस्तावलाई अध्ययन गरेर स्वीस च्यालेन्जको माध्यममा प्रतिष्पर्धा गराइ त्यो आयोजनालाई अगाडी बढाउने गरी निर्णय गरिएको छ ।”

उनले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्बन्धित मन्त्रालयहरूको बीचमा टास्क टिम बनाएर थप अध्ययनको कामहरू अघि बढाउने लगायतका निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट