२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता : आठ टिमको सहभागिता हुने

सोमवार , जेठ २०, २०८२

सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

सिरहा–७ स्थित सिरहा क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता यही जेठ २५ गतेसम्म सञ्चालन हुने आयोजक सलहेश युवा क्लब सिरहाले जनाएको छ । ‘युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा स्थानीय र राष्ट्रियस्तरका गरी आठ टिमको सहभागिता हुने गोल्डकपका संयोजक राजीपकुमार यादवले बताए ।

उनका अनुसार चित्लाङ फुटबल क्लब काठमाडौँ, चत्या सा फुटबल क्लब झापा, न्यू स्टार युथ क्लब सुनसरी, वीरगञ्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फुटबल क्लब उदयपुर, गोलबजार स्पोट्र्स क्लब सिरहा र आयोजक सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले नगद रु दुई लाख, उपविजेताले रु एक लाखसहित गोल्डकप ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता नगद पुरस्कार र ट्रफीसहित सम्मानित गरिने बताइएको छ ।

सिरहा जिल्लाबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुका साथै राजा सलहेशको नामलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यले बर्सेनि प्रतियोगिता सञ्चालन गर्दै आएको सलहेश युवा क्लबका अध्यक्ष यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट