२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

वार्तामा सरकार र यातायात व्यवसायी, होला त सहमति ?

सोमवार , जेठ २०, २०८२

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच वार्ता जारी छ ।

यातायात व्यवसायी र गृहमन्त्री रमेश लेखकबीच वार्ता सुरु भएको हो । गृह मन्त्रालयमा वार्ता भैरहेको हो ।

याताययात व्यवसायीहरुले आज बिहानदेखि सार्वजनिक सवारी साधन बन्द गरी देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

सार्वजनिक यातायात बन्दका कारण सोमबार बिहानदेखि देशभरका सवारी साधन सञ्चालनमा आएको छैन ।

पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवालाई सञ्चालन गर्ने नीतिगत व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले बिरोध जनाउँदै देशभर अनिश्चितकालको लागि बन्दको आह्वान गरेको हो ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रमबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

संघर्ष समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र नेपाल यातायात मजदूर संघ सहभागी छ ।

यो पनि :

सार्वजनिक यातायात बन्द, यात्रु मारमा

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट