२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

बुधवार , जेठ २२, २०८२

रामेछाप । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ ।

यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजनाको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सक्न सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएपछि यो आयोजनाको काम द्रुत गतिमा हुन लागेको हो ।

अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो पनि रोज्न सक्ने भन्दै जानकारी गराउनुका साथै काम छिटो भए भुक्तानी पनि छिटो हुने भनेपछि काम द्रुत गतिमा अगाडि बढिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त आयोजनाका लागि १३ दशमलव दुई किलोमिटर सुरुङको काम सम्पन्न भइसकेको छ भने हेडबक्सको काम २० प्रतिशत मात्र भएपछि त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन् ।

गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन हेडबक्सको काममा धेरै क्षति पुर्‍याएपछि त्यसभन्दा यता सुस्त गतिमा काम अगाडि बढिरहेको थियो ।

पट्टेल रमण ज्वाइन्ट भेन्चरद्वारा निर्माणाधीन उक्त आयोजनाको हेडबक्स निर्माणका लागि काम भइरहेको भए पनि बिलअनुसारको भुक्तानी नभएको, निर्माणाधीन काममा बाढी पसेर निक्कै नोक्सानी पुर्‍याएकाले म्यादभित्र कार्य सम्पन्न गर्न नसकिने निर्माण व्यवसायी रमण पट्टेलले बताएका थिए । तर, अब सबै माग पूरा हुने मन्त्रीको आश्वासनपछि कामलाई तीव्रता दिएको पनि उनले बताए ।

आयोजना सम्पन्न भएपछि तराइका आठभन्दा बढी जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने, ३२ मेघावाट विद्युत् उत्पादन हुने र कूल पानीको १० प्रतिशत पानी खानेपानीका रूपमा प्रयोग हुने बताइएको छ ।

कूल रु १४ अर्बको यो आयोजनामा रु एक अर्ब २० करोड खर्च भइसकेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले बताए । अहिले रामेछापको मन्थली नगरपालिका स्थित वडा नं ६ सेलेघाटमा ड्याम (हेडबक्स)को निर्माण काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार