२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाली फुटबल टोलीलाई हङकङमा स्वागत

बुधवार , जेठ २२, २०८२

काठमाडौं । हङकङस्थित नेपाली महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेका छन् ।

बुधबार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्यदूत डा.लेखकले खेलाडीहरूलाई भेटेर हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए ।

केही साताअघि मात्र जिम्मेवारीवहन गरेको बताउँदै महावाणिज्यदूत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा उत्साहित भएको उल्लेख गरे ।

नेपाली टोलीले बिहीबार हङकङस्थित स्टेडियममा स्थानीय समयअनुसार राति ८ बजे मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट