२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्। भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्र्व, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।

भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।

चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन्। निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई आग्रह गरेको छ।

https://youtu.be/JIrVjKv-c1I

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ