२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’ : राष्ट्रपति पौडेल

आइतवार , जेठ २६, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एशोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले उक्त कुरा बताएका हुन् ।

“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलन सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तरराष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

उनले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुद क्षेत्रको विकासका लागि बर्सेनि लगानी बढाइरहेको जानकारी दिँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा सहयोग भइरहेको बताए । एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरिएकामा राष्ट्रपतिले कृतज्ञता ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट