logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • १० वर्ष पछि बल्ल त्रियुगा बेली पुल अन्तिम चरणमा

    १० वर्ष पछि बल्ल त्रियुगा बेली पुल अन्तिम चरणमा

    4.6K
    Shares

    उदयपुर । चौदण्डी नगरपालिका–५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ । निर्माण शुरुआत भएको १० वर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो ।

    सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल विसं २०६७ मा महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनी काठमाडौँले निर्माण जिम्मा लिएको थियो । हालसम्म पुल निर्माण सम्पन्न नभएको चौदण्डी–५ का वडाध्यक्ष देवनारायण चौधरी जानकारी दिए ।

    उनले पटक–पटक सम्बन्धित मन्त्रालय, विभाग र गाईघाट दिक्तेल सडक कार्यालयलाई जानकारी दिँदा पनि सुनुवाई नभएको बताए । सो कार्यालयका प्रमुख गोपाल खकुरेलका प्राविधिक र कोरोनाको कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेको बताए ।

    उनका अनुसार सो पुल रु ११ करोड २५ लाखमा सम्पन्न हुन लागेको हो । चौदण्डी नगर प्रमुख खगेन्द्र राई र उपप्रमुख राजकुमारी चौधरीले छिटो पुल निर्माण सम्पन्न गर्न नगरपालिकाले निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदै आएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend