२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपालद्वारा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ ।

टिटउट रङ्गशालामा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो ।

नेपालका कुशल भुर्तेललले सर्वाधिक ३० रनको योगदान बनाए । यसैगरी दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमतले १३ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको थियो ।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट