काठमाडौं । अस्ट्रेलियाको बिग ब्यास लिगमा नेपालका कुनै पनि खेलाडी बिक्री हुन सकेनन् । बिग ब्यास लिगको विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ खेलाडी टिममा आबद्ध हुन नसकेका हुन् ।
आगामी सिजनका लागि गरिएको ड्राफ्टमा नेपालका सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद थिए ।
बिबिएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हीट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी आठ टिम रहेका छन् ।
बिबिएलमा नेपाली खेलाडी बिक्री भएको भए न्यूनतम १ लाख ३० हजार अष्ट्रेलियन डलरदेखि अधिकतम ४ लाख २० हजार अष्ट्रेलियन डलर तलब पाउने थिए ।
प्रतिक्रिया दिनुहोस