२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यू–१६ इस्ट जोन कपः सिंगापुरमाथि नेपालको सहज जित

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।

सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले ४ विकेट लिए भने सचिनले ३ विकेट तथा अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए ।

नेपालले दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट