२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपाल जापानविरुद्ध बलिङ गर्दै

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।

नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै जापानले भुटानलाई पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट