२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ब्रिज डेकेड कप क्रिकेट टुर्नामेन्ट : सन्दीप लामिछानेको टीम बिजयी

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी स्थापनाको अवसरमा बेलायतमा ब्रिज डेकेड कप क्रिकेट टुर्नामेन्ट भएको छ ।

ब्रिज ११ र डेभाइज क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो । यो खेलमा ब्रिज ११ बिजयी भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको नेतृत्वमा ब्रिजले १२७ रनको जीत हासिल गरेको हो । सन्दीपले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले बेलायतमा नेपाली क्रिकेटलाई बढावा दिने उदेश्यले टुर्नामेन्ट गरेको बताए ।

कार्यक्रम संयोजक विज्ञान कार्कीले खेलमार्फत नेपालको सम्वन्ध विस्तारमा सहयोग पुर्‍याउने उदेश्य राखिएको बताए । यो खेलका लागि म्याक्स क्रिकेट क्लबका कप्तान म्यानी गुरुङले प्राविधिक सहयोग गरेका थिए ।

त्यस्तै, ब्रिज कपका निर्देशक अमित प्रकाश घिमिरेले सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली क्रिकेटलाई अझ सुदृढ बनाउन टुर्नामेन्ट गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट