२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनपीएल सिजन २ का लागि लुम्बिनी लायन्सद्वारा रोहितसहित ६ खेलाडी रिटेन

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ।

लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको छ ।

टिमले यी खेलाडीहरूसँग मिलेर आगामी सिजनमा थप मजबुत प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्रि र आरिफ खानलाई रिलिज गरिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भनेका छन्, ‘म ती सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले हाम्रो यात्रा सुरु गर्दा हामीलाई साथ दिनुभयो। उहाँहरुको योगदान अमूल्य रह्यो र उहाँहरू सधैं हाम्रो परिवारका हिस्सा रहनुहुनेछ । हामी उहाँहरूलाई सधैं सम्झिरहनेछौं र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुनसक्छ भन्ने आशा राख्दछौं।’

लुम्बिनी लायन्स ‘गर्वको गर्जन’लाई अझ बुलन्द बनाउँदै अघि बढिरहेको जनाएको छ। नयाँ सिजनमा नयाँ उत्साहका साथ समर्थकहरूको निरन्तर साथ र माया अपेक्षा गरेको लुम्बिनी लायन्सले जनाएको छ ।

‘हामी नयाँ युवा खेलाडीहरूलाई मौका दिँदैछौं र विदेशी खेलाडीहरूको छनोट पनि त्यही अनुरूप गरिनेछ, ताकि टोली हरेक कोणबाट सशक्त बनोस्। बलियो टोली निर्माण गर्ने दिशामा हामी साना–साना कुरामा समेत ध्यान दिँदैछौं, राम्रो क्रिकेट खेल्न, उत्कृष्ट नतिजा दिन र हाम्रा समर्थकहरूको अपेक्षा पुरा गर्न हामी निरन्तर लागिरहेका छौं।’ लुम्बिनी लायन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट