२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एसीसी यु–१६ : इन्डोनेसियाविरुद्ध नेपालको विस्फोटक ब्याटिङ, ओपनर जैसीले बनाए शतक

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन्।

आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका जैसीले ७० बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १०४ रन बनाउँदै शानदार शतक बनाएका हुन्। नेपालले २२ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २२६ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि परिमार्जन यादव २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी २८ बलमा ७१ रन बनाएर आउट भए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट