२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।

नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे ।

जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिलो पटक नेपाली टिमको कप्तानी सम्हालेकी छन् । उनी नेपालको महिला फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट