काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्ने भएको हो।
जसका लागि २ करोड ३१ लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यदि वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको शेयर बिक्री नभएमा सर्वसाधारणहरुका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस