२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुशीला बस्नेतको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ ।

अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेञ्ज र अडियो मिक्सिङमा विष्णु मानन्धर तथा मनोज परियारको छ । रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गरेका हुन् ।

भिडियो निर्देशन केशवराज भट्टले गरेका छन् भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको छ ।

नेपाल र अमेरिका दुवै देशमा छायांकन गरिएको गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ । सुशीला बस्नेतले यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गरेकी छन् ।

https://youtu.be/ih6GrfmmZlI

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ