२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महिला नेतृत्व र उद्यमशीलताले राष्ट्र समृद्ध बनाउँछ : मन्त्री भण्डारी

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई एउटा परिवारलाई आर्थिक रूपमा सक्षम बनाएको बताए । “महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो, र अन्ततः राष्ट्रको स्वाभिमान र आत्मनिर्भरता मजबुत बनाउनु हो ।” उनले भने, “हामी महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकको रूपमा कुरा गरिरहेका हुन्छौँ ।”

मन्त्री भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न महिला उद्यमशीलताको विकास अपरिहार्य रहेको स्पष्ट पारे । उनले सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रमहरू-महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, स्टार्टअप कार्यक्रम, शिल्पी समुदायको प्रवर्द्धन लगायतका पहलहरू उल्लेख गरे ।

उनले भने, “नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्यता छ, र त्यसमध्ये अधिकांशमा महिलाहरूको नेतृत्व र संलग्नता रहेको छ। खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटनजस्ता क्षेत्रमा नेपाली महिलाको सीपले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ।”

मन्त्री भण्डारीले निर्यातमुखी उत्पादन रणनीति, तथा जलवायु परिवर्तन जस्ता विषयहरू उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गरे ।

“एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो,” मन्त्री भण्डारीले भने, “महिला उद्यमीहरूले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् । ” उनले भने।

त्यस्तै, उनले “हरित उद्यमको अवधारणा अगाडि बढाउन पनि जोड दिए । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्नु आवश्यक रहेको मन्त्री भण्डारीको धारणा थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ