२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दराज नेपालद्वारा 'महाबचत बजार' सेलको घोषणा, भारी छुट, फ्री डेलिभरी र आकर्षक अफर

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराजले वर्षकै सबैभन्दा ठूलो अनलाइन सेल 'महाबचत बजार' को घोषणा गरेको छ।

श्रावण २ देखि श्रावण १५ (जुलाई १८–३१) सम्म सञ्चालन हुने यस किनमेल महोत्सवमा ग्राहकहरूले ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र २ करोड रुपैयाँ बराबरको भौचरको सुविधा पाउनेछन्।

सेल अवधिभर दराजले फ्ल्यास सेल, बैंक अफर, मेगा डिल र ईसेवा छुटमार्फत ग्राहकलाई विभिन्न आकर्षक अफरहरू प्रदान गर्नेछ। दराजले महाबचत बजारमा सहभागी ब्रान्डहरूलाई प्लेटिनम, गोल्ड र सिल्भर पार्टनरको रूपमा वर्गीकृत गरी छुटको व्यवस्था गरेको छ। प्लेटिनम पार्टनर सिताफिल, किक, एईभीबी, मार्सियो र युनिलिभरबाट २५ प्रतिशत छुट, गोल्ड पार्टनर र्‍होटो, एंकर र मम्बड्सबाट ५० प्रतिशत छुट र सिल्भर पार्टनर ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो तथा अर्कबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

महाबचत बजारको प्रमुख आकर्षणको रूपमा दराजले रु. ८ देखि रु. ८,८५८ सम्मका मेगा डिल ल्याएको छ। सीमित स्टकमा उपलब्ध यी डिल अन्तर्गत ग्राहकहरूले वासिंग मेसिन, स्मार्टफोन, स्मार्ट टिभी, गेमिङ मोनिटर र रेफ्रिजिरेटरजस्ता इलेक्ट्रोनिक्स सामान अत्यन्तै कम मूल्यमा किन्न सक्नेछन्। त्यस्तै, दुई भाग्यमानी ग्राहकले १२० वाटको अल्टिमा साउन्डबार मात्र रु. ८ मा प्राप्त गर्ने अवसर पनि पाउनेछन्।

१०० भन्दा बढी ब्रान्डमा फ्ल्याट ६० प्रतिशत छुट

सेल अवधिभर ग्राहकहरूले भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी लोकप्रिय ब्रान्डमा सीधा ६० प्रतिशत छुट पाउनेछन्।

बैंक तथा ईसेवाबाट विशेष छुट

दराजले सातवटा प्रमुख बैंकहरूसँग साझेदारी गर्दै क्रेडिट कार्ड प्रयोगकर्तालाई १५ प्रतिशत छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट (रु. ५०० सम्म) दिने घोषणा गरेको छ। सहभागी बैंकहरूमा नबिल, हिमालयन, सानिमा, प्राइम कमर्सियल, ज्योति विकास, महालक्ष्मी विकास र गरिमा बैंक रहेका छन्। साथै, ईसेवा वालेट प्रयोगकर्ताले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन्।

दराजले रु. १ लाखभन्दा बढीको खरिदमा ग्राहकलाई रु. १०,००० बराबरको छुट भौचर दिने योजना पनि ल्याएको छ। यो अफर जुलाई १९ (श्रावण २) राति १२ बजेदेखि लागू हुनेछ।

दराजले ‘महाबचत बजार’ सेललाई वर्षको सबैभन्दा फाइदाजनक किनमेल अवसरको रूपमा चित्रण गर्दै सबै ग्राहकलाई समयमै सहभागी हुन आग्रह गरेको छ।

थप जानकारीका लागि www.daraz.com.np वा दराज नेपालको फेसबुक पेज हेर्न सकिन्छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार