logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • प्रक्रिया पूरा गरेर जापान जान नपाएका विद्यार्थीहरुले सांसद संग्रौलालाई बुझाए ज्ञापन पत्र 

    प्रक्रिया पूरा गरेर जापान जान नपाएका विद्यार्थीहरुले सांसद संग्रौलालाई बुझाए ज्ञापन पत्र 

    5.6K
    Shares

    काठमाडौं । विद्यार्थी भिजामा जापान जाने प्रक्रिया पूरा गरेर पनि जापान जान नपाएका विद्यार्थीहरुले नेपाली काँग्रेसकी सांसद डा डिला संग्रोलालाई ज्ञापन पत्र बुझाएका छन् ।

    दूतावाससंग समन्वयन गरि नेपाली विद्यार्थीहरुलाई औपचारिक रुपमै सहयोग गर्न आग्रह गर्दै विद्यार्थीहरुले उनलाई ज्ञापन पत्र बुझाएका हुन् । जापान जानका लागि आवश्यक सिओइ लेटर पनि आइसकेको र विश्व विद्यालयहरुले मागेको शुल्क पनि पठाइसकेको तर जापान सरकारले कोभिडको कारण देखाउदै नेपाली विद्यार्थीहरुलाई अलपत्र पारेको ज्ञापन पत्रमा उल्लेख छ । 

    ‘हामी बिगत एक बर्ष देखि यता जापानका विभिन्न विद्यालयहरु बाट नेपाली विद्यार्थी हरुलाई  CERTIFICATE OF ELIGIBILITY  (COE)  अर्थात नेपाली विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा पढ्नको लागि योग्य प्रमाणित भएको योग्यताको प्रमाणपत्र आएको र जापानको विभिन्न भाषा विद्यालय तथा विश्व विद्यालयहरुलाई धेरै  नेपाली विद्यार्थीहरुले तोकिए बमोजिम आवश्यक सम्पुर्ण शुल्क बुझाई सकेको तर बिगत एक बर्ष देखि कोरोना भाइरस कोभिड १९ का कारण जापान पढ्न जान रोकिएका छौं। यो आफैमा सम्झंदा काल्पनिक जस्तै लाग्छ तर यो यथार्थ हो’, ज्ञापन पत्रमा भनिएको छ,  तसर्थ दूतावाससंग समन्वयन गरि नेपाली विद्यार्थीहरुलाई औपचारिक रुपमै सहयोग गरिदिनु हुन हामी सम्पूर्ण नेपाली विद्यार्थीहरु द्वारा  बिनम्र अनुरोध गर्दछौं।’  

    यसअघि प्रक्रिया पूरा गरेर पनि वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका नेपालीहरुले संग्रौलालाई ज्ञापन पत्र बुझाए पछि उनले श्रममन्त्री गौरीशंकर चौधरी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माध्यमबाट सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।    


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend