काठमाडौँ । आज शेयर बजारमा सुधार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८१.७७ अकंले बढेर २९७४.५० बिन्दुमा कायम भएको छ ।
मंगलबार २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
त्यस्तै, आज ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचकमा हरियाली आउँदा माइक्रोफाइनान्स समूहको ४.१० प्रतिशत शेयर मूल्य बढेको छ ।
त्यस्तै, विकास बैंक समूहको २.३४ प्रतिशत, वाणिज्य समूहको २.१० प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत र होटल तथा पयर्टन समूहको ३.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त लगायतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज एलबिबिएल डिबेञ्चरका इकाईधनीले ३.९४ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस