२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डिशहोमले ल्यायो ‘खुशीको बोनस-३६५ दिन नै बोनस’ आकर्षक योजना, के छन् सुविधा ?

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक आकर्षक योजना ‘खुशीको बोनस–३६५ दिन नै बोनस’ सार्वजनिक गरेको छ।

यो विशेष योजनाअन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता आयोजना हुने लक्की ड्रमा सहभागी बन्न सक्नेछन्। उक्त लक्की ड्रमार्फत हरेक सातामा १४ जना भाग्यशाली विजेता चयन गरिनेछ, जसले एक वर्षका लागि सित्तैमा इन्टरनेट सेवा प्राप्त गर्नेछन्।

यस अफरमा सहभागी हुने विजेतामध्ये १० जना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहक हुनेछन् भने बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक रहनेछन्।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि टेलिभिजन च्यानलमार्फत गरिनेछ। यदि कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा, त्यसको विकल्पस्वरूप आइतबार साँझ सोही समयमा घोषणा गरिनेछ।

नयाँ जडानका लागि नजिकको डिशहोम डिलरसँग सम्पर्क गर्न वा ०१–५९७०३६५ नम्बरमा फोन गर्न सकिनेछ। यस्तै, हालका प्रयोगकर्ताहरूले खल्ती, ईसेवा वा माईडिशहोम मोबाइल एपमार्फत वार्षिक रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन्।

डिशहोमले हाल उपलब्ध गराउँदै आएका वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबिपिएसको मूल्य रू. ८,५००, २०० एमबिपिएसको रू. ११,५०० र ३०० एमबिपिएसको रू. १३,५५० रहेको छ, जुन सबै भ्याटसहितको दर हो। नयाँ जडानको हकमा थप रू. १,१३० लाग्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट